आलु महोत्सवमा विज्ञ–कृषकबीच अन्तरक्रिया, दिनहुँ दर्शक बढ्दै

पाेखरा | चैत ३०, २०८०

आलु महोत्सवमा विज्ञ–कृषकबीच अन्तरक्रिया, दिनहुँ दर्शक बढ्दै

पोखरा:  हेमजा महोत्सवमा माटोलाई स्वस्थ्य राख्नेबारे चर्चा गरिएको छ ।

 

१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत बिहीबार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रिया गरिएको हो ।

 

कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त अन्तरक्रियामा धारणा राख्दै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख, वरिष्ठ वैज्ञानिक डा.श्रीप्रसाद विष्टले माटोलाई जीवित राख्न त्यसमा रासायनिक नभई जैविक मलको उचित प्रयोग गर्नुपर्ने धारणा राखे ।

 

‘साच्चै सफल रुपमा कृषि कर्म गर्ने हो भने माटोलाई बचाउनुको विकल्प हामीसँग छैन । त्यसका लागि प्राङगारिक चिजवस्तुहरु माटोसँगै कुहाउनु पर्दछ । जलाउदाँ माटोको माथिल्लो सतहका जीवाणुहरु पनि मर्दछन्, त्यो भनेको माटो मर्नु सरह हो,’ उनले भने ।
    

यस्तै कार्यक्रममा बागबाणी अनुसन्धान केन्द्र मालेपाटन प्रमुख वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्यालले पनि कृषिको महत्वमाथि प्रकाश पारे ।

 

उनले फल कुहाउने औशाका कारण अमिलोजन्य कृषि उपजको उत्पादनमा आजकल कमी आइहेको स्पष्ट पार्दै त्यसका लागि उक्त फललाई नै व्यवस्थित ढङ्गले नष्ट गरे करिब ७० प्रतिशत समस्या समाधान हुने बताए ।

 

दिनहुँ दर्शक बढ्दै 
 

हेमजामा जारी महोत्सवमा दिनहुँ दर्शकको सँख्या बढेको छ । बिहीबारसम्म २५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेको आयोजकको तथ्याङ्कमा उल्लेख छ ।

 

 १ हजार ४ सय १० घरपरिवारले आलु खरिद गरेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।

 

उनले हालसम्म १४ लाख बढीको आलु कारोबार भएको पनि बताए ।

 

महोत्सव अन्तर्गत बिहीबार कलाकारहरु तारापति सुवेदी, प्रेमराज अधिकारी, शिवहरी ढुङगाना, परशुराम अधिकारी, नेत्र खड्का, सुनिता नेपाली, नवराज अधिकारी, दुर्गा क्षत्री, राजेश बर्देवा(पप आधुनिक), हास्य कलाकारद्वय राजेन्द्र नेपाली र युवराज भण्डारी साथमा स्थानीय कलाकारहरुले प्रस्तुति दिएका थिए ।

 

त्यस्तै आज (शुक्रबार) विष्णु खत्री, ज्योति लोहोनी, माधव चापागाई, जीवन सिग्देल, माया केसी, छ्यवाङ लामा, ओम गुरुङ तथा अंकित एण्ड कुशल व्याण्डका प्रस्तुतिहरु रहने छ ।

 

महोत्सव यही बैशाख ५ गतेसम्म महोत्सव चल्नेछ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्